प्रदेश न. १ मा रहेको भोजपुर जिल्ला को सात वटा गाउँपालिका मध्हे साल्पासिलिछो गाउँपालिका पनि एउटा हो । नेपाल सरकारको निणर््ायानुशार देशभरी गठन भएका ४६० गाउँपालिका मध्ये एक गाउँपालिका हो । यस क्षेत्रमा जम्मा ६ वटा वडा छन् । कुलुंग १,२ चौकीडाडा ३,खाटमा ४ र दोभाने ५,६ समायोजन भै साल्पासिलिछो गाउँपालिका बनाईएको हो । जिल्लाको सदरमुकाम भोजपुर देखि टाढा रहेको यस गाउँपालिकामा आफ्नै खालको धार्मिक, राजनैतिक र सामाजिक महत्व र विशेषता बोकेको छ । यस गाउँपालिका क्षेत्रमा सबै जात जाती धर्म क्षेत्रका मानिसहरुको मिश्रित बसोवास रहेको छ ।